सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजाको एक विद्यालयमा इजराइलले आक्रमण गर्दा ३० जनाको मृत्यु 

२०८१ साउन १२, ०६:१६ खबर संवाददाता

एजेन्सीः गाजाको एक विद्यालयमा इजराइली सेनाले आक्रमण गर्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।

गाजाले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजराइली सेनाको आक्रमणमा परी ३० जनाको ज्यान गएको जनाएको हो। विस्थापित प्यालेस्टिाइनी बसिरहेको विद्यालयमा इजराइलले आक्रमण गरेको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ।

आतंककारी गतिविधि र रकेट आक्रमणलाई मध्यनजर गरी आफ्नो सेनालाई दक्षिणी सहर खान युनिस आसपासको क्षेत्रमा पठाइने इजराइली सेनाले चेतावनी दिएको थियो। इजराइली डिफेन्स फोर्सेस (आइडिएफ) ले गत साता पनि यस्तै चेतावनी जारी गरेको थियो। चेतावनीपछि बसोबास क्षेत्रको सीमामा हेरफेर गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस