सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्बियामा भ्यान पल्टिँदा तीन नेपालीसहित ३० यात्रु घाइते

२०८१ साउन १२, ०६:३८ खबर संवाददाता

एजेन्सीः दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले जनाएको छ।

आरटीएसका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ।

ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाएको छ। गत शुक्रवार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो। 
 

कमेन्ट लोड गर्नुस