सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्वाला संग्रौलाले भनिन्, ‘लफडा छाडेर गाउँमा बसेर खेतिपाती गर्छु’

२०७८ असार २५, १२:४१ खबर संवाददाता

काठमाडौं: सामाजिक सञ्जालमा उग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी आफुलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलाले प्रहरीसमक्ष अब आफुले कुनै लफडा नगर्ने बयान दिएकी छन्।

आफ्नै साथी तथा युवा संघ आबद्ध खुश्बु घिमिरेलाई सामूहिक कुटाई र अभद्र व्यवहार गरेको आरोपमा असार ६ गतेदेखि प्रहरी हिरासतमा रहेकी ज्वालाले मुद्दाको छिनोफानो भएपछि लफडा छाडेर गाउँ गई खेतिपाती गरेर बस्ने बताएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।

उनीमाथि तीन वटा मुद्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय,काठमाण्डौबाट अनुमति लिएको छ। प्रहरीका अनुसार संग्रौला हिरासतमा पर्नुअघि नै एक जना ट्राफिक प्रहरी असईमाथि रंगभेदी र जातीय विभेदरुपी अभिव्यक्ति दिएको भिडियो भाइरल बनेको थियो। त्यसलगत्तै अनुसन्धानको क्रममा संग्रौलाको जन्मदर्ता र विवाह दर्तासमेत नक्कली प्रमाणित भएपछि यसअघि अभद्र व्यवहारको मुद्दासहित जातीय विभेद र लिखित र्कितेसम्बन्धी तीन वटा मुद्दा अघि बढाइएको प्रहरीले बताएको छ।

पहिला निकै उग्र देखिएकी संग्रौला अहिले शान्त देखिएको पनि प्रहरीको भनाई छ।


 

कमेन्ट लोड गर्नुस