सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी गाडी भित्र यौनक्रियामा लिप्त तीन जना पक्राउ

२०७८ असार २४, ०९:०१ खबर संवाददाता

धनगढीः भक्तपुरमा सरकारी नम्बर प्लेटको गाडी भित्र यौनक्रियामा लिप्त तीन जना पक्राउ परेका छन्। 

यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा १ महिला र २ जना पुरुषसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीकाअनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलस्थित सूर्यविनायकबाट घ्याम्पेडाँडातर्फ जाने सडक छेउमा रोकी राखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडी भित्र यौनजन्य क्रियाकलाप गरिरहेका पाइएको हो। 

पक्राउ पर्नेहरुमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटारका ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका ६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिला छन्। 

प्रहरी टोलीले गस्ती गर्न जाने क्रममा मध्यराति सडक किनारामा रोकी राखेको सरकारी गाडी भित्र महिला र चालक खत्री नग्न अवस्थामा रहेको बताएको छ।  

महिला र गाडी चालकलाई राति नै नियन्त्रणमा लिएको र फरार कार्की बिहीबार पक्राउ परेका हुन्। 

उनीहरु विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल ९१० नम्बरको कसुरमा सजाय हुने वृत्तका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विष्णुहरि फूँयालले बताए। 
 

कमेन्ट लोड गर्नुस