सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाई काटेको अभियोगमा तीन जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ असार २४, ०२:५१ खबर संवाददाता

चितवन: चितवनमा गाई काटेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

कालिका नगरपालिका–१, सूर्यपुरस्थित सुन्दरबस्तीमा गाई काट्दै गरेको अवस्थामा एक महिलासहित दुई किशोरलाई प्रहरीले हिजो पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कालिका नगरपालिका–१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षका दुई जना किशोर रहेका छन्। उनीहरूलाई पदमपुरको प्रहरी बिटबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस