सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक कालोपत्रेको काम भारतीय कामदारको भरमा

२०७५ कार्तिक १७, ०२:२४ नवराज पनेरु

प्रदेश र स्थानीय सरकारले विभिन्न सीपमुलक तालिमका लागि बार्षिक करोडौ खर्च गरेपनि कालापत्रे गर्ने कामदार भने तयार पार्न असफल भएका छन्। स्थानीय र प्रदेश सरकारले पुर्खेउलीदेखि नै गर्दै आएको सीपको बारेमा तालिम दिएपनि आफैले गर्नुपर्ने सडक कालोपत्रे गर्ने कामका लागि कामदार तयषर पार्न नसकेका हुन्। 

अहिले स्थानीय तह र प्रदेश सरकारले सडक निर्माणका योजना धेरै अगाडी बढाएका छन्। तर उनीहरुले आफ्नै योजनामा आवश्यक पर्ने कामदार पनि तयार पार्न नसेका हुन्। सडक कालोपत्रेका लागि सत प्रतिशत भारतीय कामदारको भरमा पर्नुपरेको धनगढी उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले स्वीकार गरे।

भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट भारतीय कामदारहरु समुह बनाएर कालोपत्रेका लागि सुदूरपश्चिम आउने गरेका छन्। तर कालोपत्रेको काम गर्दै आएका स्थानीय र प्रदेश सरकारसंगै सहरी विकास, सडक डिभिजन कार्यालयले समेत कालोपत्रेका लागि नेपाली कामदार उत्पादन गर्न सकेको छैन्। बर्षँैभरी कालोपत्रेको काम गर्दै आएको सडक डिभिजन कार्यालय महेन्दनगर ईकाई धनगढीका ईन्जिनियर महेन्द्र पन्तले अलकत्राको काम गर्ने ईचछुक नेपाली पाउनै मुस्किल रहेको बताए।

उनका अनुसार चर्काे घाममा अलकत्रा पगालेर गिट्टी मिसाउने काम सजिलो छैन। त्यसैले पनि उक्त काम आफै सिक्ने र गर्नेमा चासो नदेखिएको सरकारी निकायको पनि तर्क छ। स्थानीय तह र प्रदेश सरकार आफ्नै सडक कालोपत्रेका लागि पनि भारतीय कामदार ल्याईरहेका छन् तर नेपाली कामदार तयार गर्न चाँसो दिएका छैनन्। त्यसैले महंगोमा भारतीय कामदार ल्याउन परेको निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकास सेटीको भनाई छ। 

स्थानीय तहहरुले बार्षिक रुपमा सीपमुलक तालिम भन्दै करोड बडि बजेट सक्ने गरेका छन्। तर उनीहरुले दिने सीपमुलक तालिम बालुवामा पानी हाले जस्तै छ। सीपमुलक तालिम पाएपछि त्यस्को सदुपयोग गर्नेको सङख्या २, ४ जना पनि छैन्। यस्तो बेला स्थानीय तहहरुले भुकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मी तयार पारे जस्तै अलकत्राको काम गर्ने कामदार पनि तयार पार्न आवश्यक छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस