सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली–नेपालबीचकाे भेटवार्ता सकारात्मक!

। फोटो स्रोत ।
२०७८ असार २३, १०:४७ खबर संवाददाता

काठमाडौं: नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीचको भेटवार्ता सकिएको छ। आज साँझ अबेर काठमाडौंको होटल मेरियटमा यी भेटवार्ता भएको थियो।

भेटवार्तापछि बैठकमा सहभागी एमाले माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक ढंगले भएको भोलि फेरि कार्यदलको बैठक बस्ने बताए।

पत्रकारले सोधेको प्रश्नमा माधव नेपाल पक्षका नेता भीम रावलले भने, ‘दुई शीर्ष नेताबीच(ओली–नेपाल) पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भयो, यसलाई सकारात्मक तरिकाले कसरी लैजाने भन्ने छलफल भयो, यस सम्बन्धमा फेरि कुराकानी हुनेछ।’

उनले भोलि फेरि कार्यदलमा यसबारे छलफल हुने बताए। नेता पाण्डेले भने सकारात्मक कुरा भएको र भोलि पनि कार्यदलको बैठक बस्ने बताए। उनले भने, ‘दुई शीर्ष नेताबीच सकारात्मक कुराकानी भएर हिँड्नुभएको छ।’

पत्रकारले के के कुरा मिल्यो के के मिल्न बाँकी छ भनी गरेको प्रश्नमा पाण्डेले भने, ’यसबारे भोलि कुरा हुनेछ।’

कमेन्ट लोड गर्नुस