सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर कर्मचारीको मृत्यु

२०७८ असार २३, ०३:५३ खबर संवाददाता

काठमाडौं: विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ। नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो। 

बिर्तामोड नगरपालिका–४ स्थित जात्रुबाडी बस्ने घाइते भट्टराईको उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पु¥याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस