सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको उपचार गर्न डब्लूएचओले सिफारिस गर्‍यो नयाँ औषधि

२०७८ असार २३, ०३:४९ खबर संवाददाता

एजेन्सी: विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरस संक्रमितको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ। विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लूचएओले जनाएको छ। 

औषधिसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधि उपयोगी हुने निष्कर्ष निकालेको डब्लूएचओका अधिकारीहरूले बताएका छन्। डब्लूएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधिका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो।

'कोरोना भाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाई पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,'डब्लूएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने।

कमेन्ट लोड गर्नुस