सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशसभा सदस्य रानी शर्मा स्थानीय युवाद्धारा लखेटिईन्

२०७८ असार २३, ०३:०९ खबर संवाददाता

काठमाडौँ: प्रदेश २ की प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई स्थानीय युवाहरुले लखेटेका छन्। महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित तिवारीलाई चकवा गाउँका युवाले लखेटेका हुन्।

आफु निर्वाचित क्षेत्रमा विकास निर्माणका कार्यको निरीक्षण गर्न आएका तिवारीलाई स्थानीय युवाले असारे विकासका नाममा बजेट सक्ने काम गरेको आरोप लगाउँदै विरोध जनाएका थिए। थरुवाही–चकवा सडक निर्माण क्रममा स्थानीय युवाले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको भन्दै विरोध जनाइरहेको थियो।

सोहि समयमा उनी जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साहसहित पुगेकी थिइन्। त्यहाँ स्थानीय युवाहरुले गाउँको अन्य सडकखण्डको अवस्था पनि खराब रहेको र गाउँभरीको पानीको निकास नहुँदा बाटो हिलो भएको कारण आफूहरुले सास्ती भोग्नु परेको भन्दै आक्रोस पोख्दै आफूहरु दिनरात हिलाम्य बाटोमा हिँड्नु परेको भन्दै प्रदेशसभा सदस्य तिवारीलाई गाडीमा चढेर निरीक्षण गर्न नदिने बताएका थिए।

उनलाई पैदल हिँडेर सडक निरीक्षण गर्न युवाहरुले दबाब दिदै लखेटेका थिए।

कमेन्ट लोड गर्नुस