सुदूर नेपाललाई विश्वसँग जोड्दै

खर्च धान्न नसकेपछि सधैँका लागि बन्द हुने भयो कुमारी हल

२०७८ असार २३, ०८:३० खबर संवाददाता

काठमाडौंँ: खर्च धान्न नसकेपछि कुमारी चलचित्र भवन (हल) सधैँका लागि बन्द गर्ने निर्णय गरिएको छ।

कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भएपछि सञ्चालक सो हल सधैँका लागि बन्द गर्ने निर्णयमा पुगेका बताइएको छ।

क्यूएफएक्स चेनको सञ्चालनमा रहेको कुमारी हलले तीन दशकअघिदेखि दुईवटा पर्दामार्फत् चलचित्र देखाउँदै आएको थियो। यसअघि क्यूएफएक्स चेनकै स्वामित्वमा रहेको जय नेपाल चलचित्र घर पनि सधैँका लागि बन्द गरिएको थियो।

कमेन्ट लोड गर्नुस