सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसका राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच फोनवार्ता

। फोटो स्रोत ।
२०७८ असार २२, ०६:३६ खबर संवाददाता

काठमाण्डौ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटबीच साझा सुरक्षाका विषयमा छलफल भएको छ।

उनीहरुबीच पहिलो फोन वार्ता भएको र महत्त्वपूर्ण विषयमा छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

साथै फोनवार्तामा दुई नेताबीच छिट्टै भेटवार्ताका लागि सहमति बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग पहिलो फोन वार्ता भएको हो।

दुई नेताहरुबीच साझा सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल भएको हो। रूसले क्षेत्रीय स्थायित्व कायम गर्न तथा अपहरण र बेपत्ताका घटनामा सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। सन् १९९० को दशकदेखि इजरायलमा बसालिएका १० लाखभन्दा बढी रूसी यहुदीको भूमिकाबारे पनि छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटले बताएका छन्। 

साथै रुसी राष्ट्रपति पुटिनले ‘दुई देशबीचको पुल’को रूपमा काम गर्नेमा पनि बेनेटले विश्वास व्यक्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस