सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मौवारी सामुदायिक वनमा भएको काठ तस्करीबारे छानविन गर्न डिभिजन वनको निर्देशन

२०७८ असार २१, ०५:३० खबर संवाददाता

कैलाली: कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको मौवारी सामुदायिक वनमा भएको काठ तस्करीबारे छानविन गर्न डिभिजन वन कार्यालय धनगढीले चौमाला सब–डिभिजन वन कार्यालयलाई निर्देशन दिएको छ।

धनगढी डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत रामचन्द्र कँडेलले सालको गोलिया तस्करी र बरामद गरिएको विषयमा छानविन गर्न निर्देशन दिएको दिनेशखबरलाई बताए।

मौवारी सामुदायिक वनमा गत असार १२ गते राति ३ वजे ६ गोलिया सालको काठ स्थानीयले तस्कर समूहबाट बरामद गरेका थिए। तर वन उपभोक्ता समिति, वन कर्मचारी र स्थानीय राजनीतिक दलका नेताहरुको दबाबमा तस्करीमा संलग्नहरुलाई पैसा खाएर छोडिएको स्थानीयले आरोप लगाएका थिए।

धनगढी डिभिजन वन कार्यालयका अनुसार उपभोक्ता समितिले तस्कर समूहबाट १ लाख ७ हजार ७ सय २० रुपैयाँ जरिमाना गरेको पुष्टि गरेको छ। यसैगरी थप अनुसन्धान समेत गर्ने बताइएको छ।

सम्बन्धित समाचार :
कैलालीमा काठ तस्करीमा संलग्नमाथि हुँदैन कारबाही, घुस खाएर उन्मुक्ति दिएको आरोप

 

कमेन्ट लोड गर्नुस