सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना खोपको दुबै मात्रा लगाएकाले अब सिक्किम घुम्न जान पाउने

२०७८ असार २१, ०२:३३ खबर संवाददाता

एजेन्सी: सिक्किम सरकारले सोमबारबाट खोपको दुबै मात्रा लगाएका व्यक्तिहरूलाई घुम्न आउन अनुमति दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।  

पर्यटकहरू पूर्वी सिक्किमको राङ्गपो र दक्षिणको मेल्लीबाट प्रवेश गर्न पाउनेछन्। ती पर्यटकहरूले अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनु पर्नेछ। प्रवेशद्वारमा पर्यटकहरूले प्रमाणपत्र देखाएपछि मात्रै सिक्किम प्रवेश‍ गर्न पाउनेछन्।

प्रदेश सरकारले होटल, गेष्ट हाउस र होमस्टेहरूमा ५० प्रतिशत मान्छे राखेर चलाउन अनुमति दिएको छ। तर उनीहरूले कोभिड(१९को मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ। सपिङ मल, शो रूम र पसलहरू पनि सबै खोल्न दिएको छ। सरकारी कर्मचारीहरूलाई पनि अनिवार्य खोप लगाउन भनेको छ।

उद्योग तथा कारखानाहरू पनि १०० प्रतिशत मान्छे राखेर सञ्चालन गर्न पाउनेछन् तर सबैले खोप अनिवार्य लगाएको हुनुपर्नेछ। सिक्किममा २१ हजार १३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये २ हजार १०१ जनाको उपचार भइरहेको छ भने १८ हजार ४६९ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस