सुदूरपश्चिममा निषेधाज्ञा अवधिको जरिमाना छुट गर्ने प्रदेश सरकारको निर्णय

धनगढीः यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा हुने दर्ता र नवीकरणमा जरिमाना छुट गर्ने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ। यातायात व्यवस्था कार्यालय कैलाली, कञ्चनपुर, सेवा कार्यालय डोटी र डडेल्धुरामा हुने दर्ता र नवीकरणमा छुट दिने निर्णय भएको हो।
आर्थिक मामिला मन्त्रालयको मन्त्रीस्तरीय बैठकले सो निर्णय भएको हो। निषेधाज्ञाकै समयमा कर बुझाउने अवधि पुगेका सवारी धनीहरुलाई सवारी साधन पूर्णरुपमा खुलको १५ दिनभित्र कर बुझाउँदा जरिमाना छुट गर्ने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत खगेन्द्र साउँदद्वारा जारी पत्रमा उल्लेख छ।
मन्त्रालयले निर्णय कार्यान्वयनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएको छ भने यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयलाई पनि जानकारी गराइएको छ।
आइतबारसम्म यातायात व्यवस्था कार्यालयहरुले सवारी दर्ता, चालक अनुमती पत्र नवीकरण, जाँचपास लगायत यातायात व्यवस्था कार्यालयबाट हुने दर्ता र नवीकरणमा जरिमाना अुसुल्दै आएका थिए।
यो पनि पढ्नुहोस
निषेधाज्ञा अवधिको पनि जरिमाना असुल्दै यातायात कार्यालय धनगढी

