सुदूर नेपाललाई विश्वसँग जोड्दै

समुद्रमा डुङ्गा दुर्घटना हुँदा ४३ अवैध आप्रवासीको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार २१, ०६:१२ रासस

अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुङ्गा ट्युनिसियाली सामुद्रिक तटमा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

लिबियाको जुवारा बन्दरगाहबाट आप्रबासी लिएर छुटेको डुङ्गा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो। एक सय २७ जना आप्रावासी चढेको उक्त डुङ्गा दुर्घटनामा परेका कम्तीमा ८४ जनाको उद्धार गरिएको छ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन्। डुङ्गामा लिबिया, सुडान, बङ्गलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु यात्रारत रहेको बताइएको छ। 

डुङ्गा दुर्घटना हुनुको प्रमुख कारण इन्जिनमा आएको खराबी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान थालिएको छ। दुघंटनाग्रस्त डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार थिए।
 

कमेन्ट लोड गर्नुस