सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमिर खानले गरे सम्बन्धविच्छेद, १५ वर्षको विवाहसम्बन्ध टुंगियो

२०७८ असार १९, ०१:०५ खबर संवाददाता

एजेन्सी: बलिउड अभिनेता आमिर खानले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन्।  श्रीमती किरण रावसँग १५ वर्षको यात्रा  सहमतिमा टुंगिएको बताएका छन्।

उनीहरूले २००५ को डिसेम्बरमा बिहे गरेका थिए। आमिर र किरणले सम्बन्धविच्छेदको बारेमा आधिकारिक विज्ञप्ति पनि जारी गरेका छन्।

'१५ वर्ष हामीले सँगै बितायौं।  हामी प्रत्येक क्षण हास्नका साथ बाँच्यौं र हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमको साथ बढ्दै गयो। अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्नेछौं। जुन पति र पत्नी जस्तो हुँदैन, विज्ञप्तिमा लेखिएको छ, 'हामीले हाम्रो अलग्गै योजना बनाएको थियौं र अब हामी छुट्टै बस्नेछौं।  हामी छोरा आजादको अभिभावकत्वमा कुनै कसर बाँकी राख्ने छैनौं।'

सम्बन्धविच्छेद भए पनि फिल्म र हाम्रो पानी फाउण्डेशनलगायत सबै प्रोजेक्टहरूमा एकसाथ काम जारी राख्ने दुवैले बताएका छन्।

कमेन्ट लोड गर्नुस