सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिकारी

२०७५ कार्तिक १५, १२:२७ खबर संवाददाता

सडकमा भिकारीको ताल उस्तै थियो ।
भात खाएपछि पनि थाल उस्तै थियो ।।

आउँदा जाँदा सबैले पैसा दिदा पनि ।
छानो सुत्ने घरको पाल उस्तै थियो ।।

टुटे ,फुटे,झोले,कवाड बोल्दै हिड्दा खेरी ।
केटी जिस्काउदै हिड्ने चाल उस्तै थियो ।।

मागेर खानुभन्दा गरेर खानु राम्रो ।
भन्दै गर्दा उसको झाल उस्तै थियो ।।

आयो ठप्प टिपी लग्यो त्यसपछि ।
हाँस्दा हाँस्दै लैजाने काल उस्तै थियो ।।

कमेन्ट लोड गर्नुस