घरमा राखेको मोटरसाइकल आगजनी गर्ने दुई पक्राउ

भोजपुर: घरमा राखेको मोटरसाइकलमा आगजनी गर्ने दुईजना प्रक्राउ परेका छन्। भोजपुर नगरपालिका– ९ पानीट्याङमा स्थानीय सन्जु तामाङको घरको आँगनमा राखेको ८४प ५२१४नम्बरको मोटरसाइकलमा आगजनी गर्ने ३३ वर्षीय लाक्पा शेर्पा र ३० वर्षीय पासाङ शेपालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका उनीहरु आगजनीपश्चात् फरार रहेकोमा लुकेर बसेको अवस्थामा बुधबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेको उनीहरूलाई जिल्ला अदालत भोजपुरबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ।

