सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चपुरका विपन्न परिवारलाई राहत वितरण

२०७८ असार १७, ०५:२१ खबर संवाददाता

धनगढी: कैलाली र कञ्चपुरका दुई सय १२ विपन्न परिवारलाई राहत वितरण गरिएको छ। अमेरिकन हिमालयन फाउण्डेसनको आर्थिक सहयोगमा ग्रामीण स्वास्थ्य शिक्षा गुठी काठमाण्डौंसंगको सहकार्यमा धनगढी महिला बिकास समाजले राहत वितरण गरेको हो। 

कैलालीको धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाका एक सय १८ र कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ९४ परिवारलाई राहत वितरण गरिएको महिला बिकास समाज धनगढीकी कार्यक्रम निर्देशक शान्ति शर्माले बताइन्। 

कोभिडका कारण रोजगार गुमाएका, दैनिक ज्याला मजदुरी गर्दै आएका खान समेत समस्या भएकाहरुलाई राहत विरण गरिएको कार्यक्रम निर्देशक शान्ति शर्माले बताइन्। उनले प्रति परिवार चामल एक कट्टा, चार किलो दाल, तीन लिटर खाने तेल, नुन एक पोका र चार वटा साबुन वितरण गरेको बताइन्। 

 

कमेन्ट लोड गर्नुस