सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप दुई हजार ६३६ कोरोना सङ्क्रमित

२०७८ असार १५, ०७:३३ रासस

काठमाण्डौँ: नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

११ हजार ७४८ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। सोही अबधिमा सात हजार २५९ पिसिआर र चार हजार ४८९ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

आज चार हजार ३४८ जना कोरोना मुक्त भएका छन्। नेपालमा कोरोनामुक्त हुने ९३ प्रतिशत पुगेको छ । साथै सोही अबधिमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट नौ हजार ७१ जनाको ज्यान गएको मन्त्रायले जनाएको छ। 

कमेन्ट लोड गर्नुस