सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई महिनादेखि बन्द सवारी साधन सञ्चालनमा

२०७८ असार १५, ०४:१७ रासस

कञ्चनपुर: दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि सञ्चालनमा आएको छ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन आएको हो।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी आजदेखि बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन गर्न दिइने भएको छ। स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए। अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन भने निर्वाधरूपमा सञ्चालन गर्ने दिइने भएको छ।

जिल्ला बाहिर जाने एम्बुलेन्स र मालवाहक ढुवानीका साधन बाहेक अन्य सवारी सधानको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ। स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ। पसल खोल्ने समय तीन घण्टा बढाएर साँझ ६ बजेसम्म पु¥याइएको छ। 

कमेन्ट लोड गर्नुस