सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड निको भएकाहरूमा देखियो साइटोमीगलो भाइरस

२०७८ असार १५, ०२:२७ खबर संवाददाता

एजेन्सी: भारतको राजधानी दिल्लीमा कोभिडबाट निको भएका केही रोगीहरूमा साइटोमीगलोभाइरस देखिएको छ। 

यस्ता पाँचवटा केसहरूको रिपोर्ट सार्वजनिक भएको छ। सर गंगाराम अस्पतालका प्राध्यापक अनिल अरोडाका अनुसार, ती रोगीहरू पेट दुखेको अनि दिसामा रगत आएको गुनासो गरिरहेका थिए। 

कमजोर रोगप्रतिरोधक क्षमता भएका व्यक्तिलाई यो भाइरस लाग्न सक्छ। यसले आँखा, फोक्सो, कलेजो, खाद्यनली, पेट, आन्द्रा र मस्तिष्कमा असर पार्ने गरेको देखिएको छ। 

यो भाइरस लागेपछि देखिने सामान्य लक्षणमा थकान, ज्वरो, घाँटी दुख्ने समस्या तथा मांसपेशीमा पीडा हुन् । दिसामा रगत देखिने समस्या पनि हुन्छ । 


 

कमेन्ट लोड गर्नुस