सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटकको विषयमा झगडा हुँदा श्रीमानले गरे श्रीमती र सासुको हत्या

२०७८ असार १५, १२:२७ खबर संवाददाता

एजेन्सी: टिकटकको विषयमा झगडा हुँदा पाकिस्तानमा एक श्रीमानले श्रीमती र सासुको हत्या गरेका छन्। पाकिस्तानको राजधानी कराचीमा टिकटकमा भिडियो अपलोड गरेको भन्दै इशाक नामक युवकले पत्नी र सासुको हत्या गरेका हुन्।

उनकी पत्नी रेश्मालाई टिकटकमा भिडियो अपलोड गर्न मन पथ्र्यो तर उनका पतीले भने उक्त कुरा रुचाएका थिएनन्। सोही विषयमा झगडा हुँदा इशाकले पत्नी र सासुको हत्या गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। 

घटनापछि इशाक फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस