बझाङका धामीको १० दिन पछि शव फेला
२०७८ असार १२, १०:४२
बझाङ: बझाङमा मलामी गएर फर्किदा भीरबाट लडेर बेपत्ता भएका मिनबहादुर धामीको १० दिन पछि शव फेला परेको छ।
असार ३ गते आफ्नै ठुलाबुवाको मलामी गएर फर्किने क्रममा उनी भीरबाट लडेर बेपत्ता भएका थिए।
उनको शनिबार बेलुका ५ बजे शव फेला परेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस