बझाङमा सेती नदीको सतह बढ्यो, पानकोट पुलसहित दुई भवन जोखिममा
बझाङ: बझाङमा सेती नदीले खतराको सतह पार गरेको छ। पानकोटमा राखिएको जलमापन केन्द्रले नदीले खतराको सतह पार गरेको संकेत दिएको हो।
नदीमा पानीको बहाब बढेसँगै नदी किनारामा कटान सुरु गरेको छ। नदीको बहाबले भर्खरै निर्माण सम्पन्न चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसँगै ओम शान्ती र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन जोखिममा परेका छन्। पुल, दुवै भवनको मुनीबाट नदिले कटान गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले नदीमा बाढीले खतराको सतह पार गरेको सूचना आएको बताएका छन्। उनले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको बताए।