सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्गमा भीरबाट लडेका एक पुरुष बेपत्ता

२०७८ असार ५, ०९:५८ खबर संवाददाता

बझाङ्ग: बझाङ्गमा भीरबाट लडेर एक पुरुष बेपत्ता भएका छन्। 

दुर्गाथली गाउँपालिका ३ का ४० वर्षीय मीन बहादुर धामी धउलाबन भीरबाट लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जजाएको छ। 

३ गते बेलुका ६ बजे आफ्नो जेठाबुबा राम बहादुर धामीको मलामीबाट घर फर्किने क्रममा भीरबाट लडेको र अहिलेसम्म भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

खोजी कार्य जारी रहेको भएपनि भीर ठुलो र अप्ठ्यारो भएकाले खोजी गर्न समस्या भएरहेको जनाएको छ। निरन्तरको पानीले समेत खोजी कार्यमा समस्या आएको प्रहरी नायब उपरीक्षक रुपक खड्रकाले बताए।

कमेन्ट लोड गर्नुस