सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहीबार सुदूरपश्चिममा ६ जना संक्रमितको मृत्यु, २०७ जना निको

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २७, ०६:०८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा बिहीबार ६ जनाको मृत्यु भएको छ।

कञ्चनपुरका २ जना, कैलाली, डडेल्धधुरा, अछाम र बाजुराका १/१ जना गरि ६ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भई घर फर्किएका छन्। 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २८२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

यी दुवै विधिबाट गरिएको परिक्षणमा २२५ जनामा संक्रमण पुस्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १८८ जनाको नमूना परीक्षण गर्दा ८६ जना, महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा २ जना, डडेल्धुरा अस्पतालमा २० जनाको नमूना परीक्षण गर्दा ८ जना, डोटी अस्पतालमा १८ जनाको नमूना परीक्षण गर्दा ४ र बैतडी अस्पतालमा २७ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ४३ हजार २११ नमूना परीक्षण गर्दा ४२ हजार ३३७ जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३२ हजार ४०५ जनाले कोरोना जितेका छन् भने, ५५१ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस