सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरिया चोक मर्मतको काम सुरु

२०७८ जेठ २६, ०४:३५ खबर संवाददाता

अत्तरिया: कैलालीको अत्तरिया चोकमा मर्मतको काम सुरु भएको छ। वर्षातमा हिलाम्मे र सुख्खामा धुलाम्मे हुँदै आएको चोकको मर्मतको काम सुरु भएको हो।

सडक डिभिजन कार्यालय महेन्द्रनगरमार्फत सडक मर्मतको काम थालिएको हो। वैशाख पहिलो सातादेखि मर्मतको काम सुरु हुने बताइएकोमा निषेधाज्ञाका कारण ढिलो भएको हो। 

भुवन निर्माण सेवाले ९० लाखमा सडक निर्माणको काम सुरु गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए। उनले चोकमा कालोपत्रे गरिँदा ६ लेन सडक कै लेवल मिलाइने बताए ।

अहिले मोहनापुल–अत्तरिया ६ लेन सडक बनेपछि अत्तरिया चोक सो सडक भन्दा करिब आधा मिटर गहिरो भएको छ । जसले गर्दा थोरै पानी पर्दा पनि चोक जलमग्न हुने गरेको छ।

चोकमा कालोपत्रे ठाउँ–ठाउँमा फुटेका कारण चोक हिलाम्मे र धुलाम्मे हुने हुँदै आएको छ। 


 

कमेन्ट लोड गर्नुस