सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिहाब फाउन्डेसन नेपालद्वारा राहत वितरण

२०७८ जेठ २४, ०७:३४ खबर संवाददाता

धनगढी: रिहाब फाउन्डेसन नेपालले राहत वितरण गरेको छ।

रिहाब फाउन्डेसन नेपाल र सर्वाङ्गिण अपांगता विकास समाज नेपालको संयुक्त सहकार्यमा धनगढी उप महानगरपालिकामा रहेका बौद्धिक तथा मनोसामाजिक अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरेको हो।

फाउन्डेसनका प्रबन्ध निर्देशक नन्दराज भट्टका अनुसार ५ कट्टा चामल, ४ किलोग्राम दाल, २० पाकेट सेनेटरी प्याड, ३०० ओटा सर्जिकल मास्क, १ थान सेनीेटाइजर, २ किलोग्राम नुन लगायत अन्य खाद्य सामग्री वितरण गरिएको हो। 

कमेन्ट लोड गर्नुस