सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

२०७८ जेठ २४, ०६:१४ खबर संवाददाता

 

धनगढीः कन्चनपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। 

जिल्लाको वेतकोट नगपालिका ५ बस्ने २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ वर्षीय सन्तोष विष्ट पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५  गण हेटक्वाटर शैलेश्वरी मातहत बोर्डर आउट पोष्ट झिलमिलाको फर्वाड वेश राधाकृष्णबाट सहायक प्रहरी नायव निरीक्षक गणेश विकको कमाण्डमा खटीएको समिा गस्ति टोलीले उनीहरुलार्य पक्राउ गरेको हो। 

म २ प ९७५० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ बनकुर्वास्थित सीमा इलाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। 

उनीहरुको साथबाट ४ ग्राम ब्राउन सुगर, १ मोटरसाइकल, मोवाईल २ सेट र नगद १७ हजारसहित बरामद गरी आवश्यक कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए। 
 

कमेन्ट लोड गर्नुस