सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नव नियुक्त उपप्रधानमन्त्री महतोको पुत्ला दहन

२०७८ जेठ २३, ०८:०५ खबर संवाददाता

धनगढीः धनगढीमा नव नियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ। 

अनेरास्ववियु र युवासंघ नेपालले आइतबार साँझ धनगढीको एलएनचोकमा महतोको पुत्ला दहन गरेको हो। 

उनीहरुले केपीतन्त्र मुर्दावाद, खोक्रो राष्ट्रबाद मुर्दावाद भन्ने नारासहित महोतोको पुत्ला दहन गरेका हुन्। 

अनेरास्ववियुका नेता योगेश बमले राजेन्द महतोको विरुद्ध मात्रै नभई महतोलाई नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्द विरोध गर्दै पुत्ला दहन गरिएको बताए।

कमेन्ट लोड गर्नुस