सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विकासे कार्यालयहरुको बजेट खर्चको अवस्था दयनिय

विकास बजेट ४ प्रतिशत मात्रै खर्च

२०७५ कार्तिक ७, १०:४५ सीताराम ओझा

चालु आर्थिक वर्षको तीन महिनामा कैलालीका विकासे कार्यालयहरुको बजेट खर्चको अवस्था दईनीय देखिएको छ । आर्थिक वर्षको तीन महिनामा झण्डै चार प्रतिशत मात्रै खर्च भएको छ । त्यसमा रानी जमरा, हुलाकी सडक आयोजना र मोहना पुल अत्तरीया सडकले केही रकम खर्च गरेपनि अन्य विकासे कार्यालयहरुले विकासे बजेट खर्च नै गर्न सकेका छैनन् । कैलालीमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकासे बजेट न्युन मात्रामा खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार  विभिन्न विकासे कामका लागि  विनियोजित  बजेटमध्ये हालसम्म ३ दशमलव ९ प्रतिशत खर्च भएको छ । कैलालीका विकासे कार्यालयहरुका लागि २ अर्व वढीको विकासे बजेट आउँदा १५ करोड मात्रै खर्च भएको छ । यो कुल बजेट ३ दशमलव ९ प्रतिशत बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेयले जानकारी दिए । 

यो बजेटमा पनि रानी जमरा कुलरीया सिंचाई आयोजना, हुलाकी सडक आयोजना र मोहनापुल अत्तरीया सडक आयोजनाले मात्रै विकासे बजेट खर्च गर्न सकेका छन् । रानी जमराका लागि दुई अर्व १२ करोड वढी बजेट रहेकोमा ३ दशमलव ४१ प्रतिशत अर्थात ७२ करोड ११ लाख खर्च भएको छ । हुलाकी सडकका लागि ४० करोड बजेट आएकोमा १ करोड ६८ लाख अर्थात शुन्य दशमलव ४२ प्रतिशत खर्च भएको छ । मोहना पुल अत्तरीया सडक आयोजनाको प्रगति दुई कार्यालयभन्दा वढी हुँदा यसले समग्रमा झण्डै चार प्रतिशत विकास खर्च खर्च भएको देखिएको हो । आयोजनाका लागि पनि ४० करोड वजेट आएकोमा ६ करोड अर्थात १७ प्रतिशत खर्च भएको छ । तर चालु तर्फको बजेट भने कार्यालयहरुले साढे २५ प्रतिशत सिद्धाउन भ्याएका छन् । चालु तर्फ २२ अर्व रकम रहेकोमा ५ अर्व ६१ करोड रकम खर्च भएको छ । 

विकासे बजेटमा धेरै कार्यालयहरुले खर्च नगर्दा र संघीय वा प्रदेश सरकारको मातहतमा रहने टुङगो नलागेका कारण पनि विकासे बजेट खर्च गर्न समस्या भईरहेको छ । कतिपय कार्यालयहरु स्थापना हुन वाँकी र कतिपय कार्यालयहरुलाई विकास बजेट खर्चगर्न अख्तियारी नआउँदा विकास बजेट कार्यान्वयनमा थप चुनौती वढेको छ । पहिलो त्रैमासिकको प्रगतिलाई हेर्दा धेरैले यस वर्ष पनि विकास बजेट विगत जस्तै फ्रिज जाने पो हो कि भन्ने चिन्ता व्यक्त गर्न  थालिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेय अहिलेसम्मको प्रगति आशातित नरहेको बताए । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस