सुनको मूल्य बढ्योः चाँदीको घट्यो
२०८३ कार्तिक १०, ११:२०
काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदीको मूल्य २५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य तीन हजार ९७० कायम छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य तीन हजार ९९५ कायम भएको थियो ।
कमेन्ट लोड गर्नुस