सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पूर्व प्रवासी संगठित हुँदै

प्रदेशको समृद्धिका सारथी बन्न तयार

२०७५ कार्तिक ६, ०५:३८ नवराज पनेरु

बैदेशिक रोजगारबाट फर्किएका सुदूरपश्चिमेली युवाहरु संगठीत हुन थालेका छन्। बर्षाै सम्म विदेशमा पसिना बगाएर अहिले आफ्नै जन्मथलोमा सम्भावना खोजीरहेका सुदूरपश्चिमका युवाहरु संगठित हुन थालेका हुन्। वैदेशिक रोजगारीमा रहँदाको समयमा सामाजिक क्रियाकलापमा संलग्न व्यक्तिको सक्रियतामा पुर्व प्रवासीहरु संगठीत भईरहेका हुन्। रिटर्नी माईग्रेट नेपाल नामको सस्था स्थापना गर्दै बैदेशिक रोजगारबाट फर्किएका सुदूरपश्चिमका युवाहरु अहिले संगठीत हुन थालेका हुन्। 

लामो समय सम्म विश्वका विभिन्न देशमा काम गरेर अहिले स्वदेशमै रोजगारीका अवसर खोजीरहेका सुदूरपश्चिमका युवाहरु पनि अव संगठीत भएर समृद्ध प्रदेश निर्माणका सारथी बन्न तयार भएका हुन्। बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सिप, अनुभव र क्षमतालाई सामुहिक अवधारणा मार्फत रोजगारी र ब्यबशायीक कार्यमा लगानी गर्नका लागि उनीहरु संगठीत हुन थालेका हुन्। बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको संस्था रिटर्नी माईग्रेट नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक चेतन थापाले धनगढीमा पूर्व प्रवासीको छिट्टै भेला भईरहेको बताए। 

उनले स्वदेश फर्केर रोजगारीका अवसर खोजीरहेका सुदूरपश्चिमका पूर्व प्रवासीलाई सामुहिक लगानीमा अग्रसर गराउन, समुहगत रूपमा परियोजनाहरु संचालन गर्न र सिपको आधारमा ब्याबशायिक गतिविधिमा सहभागी गराउनका लागि भेला भईरहेको बताए।  विश्वका विभिन्न देशमा बर्षाै सम्म काम गरेर अहिले आफ्नै जन्मथलोमा काम गर्न तयारी गरिरहेका युवाहरुको एक महिना भित्रै धनगढीमा भेला हुने उनले बताए। उक्त भेलाको निष्कर्ष अनुसार सिप अनुसारको रोजगारीको बातावरण मिलाउनका लागि स्थानीय र प्रदेश सरकारलाई पनि आग्रह गरिने बैदेशिक रोजगारबाट फर्किएका सुदूरपश्चिमका युवाहरुलाई संगठीत पार्न सक्रिय पुर्व प्रवासी परिदत्त अवस्थीले बताए। 

सुदूरपश्चिम प्रदेशमा कृषि , पसुपालन, पर्यटन, उद्योग र जलविद्युतको प्रचुर सम्भावना छ। तिनै सम्भावनालाई वास्तवीकतामा परिणत गर्नका लागि दक्ष जनशक्तिको अभाव छ भने उर्जावान युवा जनशक्तिको पनि निकै कमी छ।  यस्तो बेला विदेशमा सिकेको सिप स्वदेशमै लगाउने हो भने समृद्ध प्रदेशको सपना धेरै टाढाको विषय नभएको धेरैको बुझाई छ। तर त्यस्का लागि सरकारले बिदेशबाट फर्किएका नेपालीलाई पुनः बिदेश जानुबाट रोक्ने बातावरण बनाउन आवश्यक रहेको सुदूरपश्चिम सेवा समाज युएईका सस्थापक अध्यक्ष शिवराज जैशीले बताए। सामुहिक व्यवशायिक परियोजना संचालनका लागि “सामुहिक लगानी कोष” स्थापना गर्न एक “सामुहिक लगानी अध्ययन कार्यदल” गठन भईसकेको छ। वैदेशिक रोजगारबाट फर्किएका युवालाई सुदूरपश्चिम प्रदेशको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि सरकारले वातावरण बनाउन पर्ने तर्क पुर्व प्रवासीको छ।

वैदेशिक रोजगारीबाट फर्केका पूर्वश्रमिकलाई आत्मनिर्भर बनाउँदै समृद्ध प्रदेश निर्माणमा सहयोगीका रूपमा अघि बढाउन राज्यको नीति, योजना र कार्यक्रममा जोडेर सिप र प्रविधियुक्त जनशक्तिको भरपुर उपयोग गर्नुपर्ने अपरिहार्यता देखिएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाको वर्तमान अवस्था, यो अवस्थाले सुदूरपश्चिमको अर्थतन्त्रमा पार्ने सकारात्मक नकारात्मक असर, वैदेशिक रोजगारीबाट फर्किएकाको अपेक्षा र राज्यको दायित्वको विषयमा पनि अहिले अध्ययन भईरहेको छ।

यसै विषयमा गरिएको कुराकानी सुन्नुहोस

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस