सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी

२०७८ जेठ १९, १२:०० खबर संवाददाता

काठमाडौं: चौधरी उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ।

उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम’ परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लान्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका उपरीक्षक प्रकाश मल्लले बताए। 

बिहान ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन्।

आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन्। 

कमेन्ट लोड गर्नुस