सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लगिएको भन्सार छलिको सामानसहित २ जना बझाङमा पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १८, ०७:१६ खबर संवाददाता

धनगढीः धनगढीबाट लुकाएर बझाङ पठाइएको भन्सार छलिको सामान बरामद गरिएको छ।

प्रहरी बेश देउलेख बझाङबाट खटिएको प्रहरी टोलीले जिल्लाको वित्थरचिर गाउँपालिका वडा नं. ४ मल्ला भतडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार चेकजाँचको क्रममा बरामद गरेको हो।

धनगढीबाट बझाङ तर्फ गइरहेको से. १ ख ८५९ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा ट्रकभित्र गहुँको बोराको बीचमा लुकाइएको अवैध चिनी बरामद गरेको बझांङ प्रहरीले जनाएको छ।

५० किलो ग्रामका २३ कट्टा अर्थात ६९ हजार बराबरको चिनी र ७ हजार ५ सय रुपैयाँ बराबरको १५० पोका अवैध झुम्का सुपर पावर सुर्ती बरामद गरिएको बताइएको छ।

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ११ घर भएका हाल बझाङको जयपृथ्वी नगरपालिका १० बस्ने दिपक बहादुर कुँवर र ट्रक चालक कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने राजेन्द्र तिवारीलाई पक्राउ गरिएको छ।

सो अवैध चिनी र सुर्तीसहित ट्रक र ट्रक चालक तथा सामान धनी कुँवरलाई आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली ल्याएको छ।
 

कमेन्ट लोड गर्नुस