सुदूर नेपाललाई विश्वसँग जोड्दै

कहाँबाट कसरी फैलिँदैछ संक्रमण ?

संक्रमण कम गर्न कञ्चनपुरबाट यी कुरा कैलालीले पनि सिक्ने की ?

२०७८ जेठ १२, ०७:१७ विन्दु चन्द

मंगलबार बिहान रिपोर्टिङका लागि म धनगढीबाट कञ्चनपुरको सीमानाका गड्डाचौकीसम्मका लागि हिँडे। कैलालीको सीमा सकिएपछि मैले बाटोमा छिटफुट रुपमा मात्रै व्यक्तिहरु हिनेको देखियो। हरेक ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मात्रै बाक्लो उपस्थिति थियो। 

बजार छेउमा पनि हिड्डुल गर्ने मान्छे कमै देखिन्थे। बाटोमा सुरक्षा निकायको गाडीहरु नै बढी देखिन्थे। गड्डाचौकी सीमानाका पुग्दा त्यहाँ सुरक्षित रुपमा भारतबाट आउने नेपालीहरुको व्यवस्थापन भइरहेको थियो। 

भारतबाट आउने नेपाली नागरिकहरुको लाइनबद्ध रुपमा हेल्थ डेस्कमा एन्टिजेन बिधिबाट कोरोना परिक्षण भइरहेको थियो भने उनीहरुलाई जिल्ला अनुसार छुट्टा छुट्टै बनाइएको अस्थायी होल्डिङ सेन्टरमा राखिँदै थियो। 

                          कञ्चनपुरको गड्डाचौकी नाकामा बनाइएको अस्थायी होल्डिङ सेन्टर 
 

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बैतडी, बाजुरा, बझाङ, अछाम र दार्चुला ९ वटै जिल्लाको छुट्टै अस्थायी होल्डिङ सेन्टर बनाइएको छ भने अन्य जिल्लाका लागि पनि छुट्टै होल्डिङ सेन्टर बनाइएको छ। त्यहाँ तीनै तहको सुरक्षा निकाय खटिएको छ।

सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ भने भारतबाट आउने नागरिकको तथ्यांक संकलन सशस्त्र प्रहरीले गरिरहेको छ। यस्तै जो व्यक्ति जुन ठाउँको हो उसको जिल्ला, पालिका वार्ड वर्गीकरण गरि सो सम्बन्धित निकायसँग समन्वय गरेर अर्थात यातायात व्यवसायीसँगको समन्वयमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले गन्तव्य पठाउने जिम्मेवारी लिएको छ। 

सीमामा शान्त र सुनसान जस्तै देखिन्थ्यो।  कोरोना रिपोर्ट पोजेटिभ आएकाहरुलाई हेल्थडेस्कबाटै एम्बुलेन्समा राखेर अस्पताल तथा सम्बन्धित आइसोलेशनमा पठाइँदै थियो।

सीमाबाट फर्केर महाकाली अस्पतालको कोरोना वार्ड पुग्दा संक्रमितले वार्ड भरिएको त थियो तर संक्रमितहरुले भौँतारिनु पर्ने अवस्था भने थिएन्। 

अस्पतालले समय–समयमा अक्सिजनको आपुर्ति भइरहेको संक्रमित बिरामीका एक जना कुरुवा मोहनदेव ओझाले बताए। उनले भने, “सक्दो जति अस्पतालले सहयोग गरेको छ, अन्य ठाउँको जस्तो अक्सिजन सिलिण्डरका लागि भौँतारिनु पर्ने अवस्था भने छैन्।” 

                         महाकाली अस्पतालमा उपचाररत कोरोना संक्रमित 

महाकाली अस्पतालले अक्सिजन प्लान्ट जडान गरेको छ। इमर्जेन्सी वार्ड र आईसीयूका लागि प्लान्टबाटै भरिरहेको र बाँकी नेपालगञ्जबाट आपुर्ति गरिरहेको प्लान्टमा कार्यरत मनिष टेंरले बताए।  

                           महाकाली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट 

पछिल्लो समय संक्रमित कम भएपछि र शय्या थपेपछि कैलालीको सेती प्रादेशिक अस्पतालको सेवामा पनि केही सुधार भएको छ। तर धनगढीको मात्रै हेर्ने हो भने संक्रमणको उच्च जोखिम कायमै छ। 

                        सेती प्रादेशिक अस्पतालको सुधारोन्मुख सेवा 

 

कहाँबाट सर्छ संक्रमण ?

संक्रमित बिरामीका कुरुवाहरु औषधि किन्न मेडिकलहरुमा धाइरहेका देखिन्छन्, भने अक्सिजन सिलिण्डरका लागि मालिका ग्यास उद्योगमा पनि भीड हुने गरेको देखिन्छ।  संक्रमितसँगै बसेका व्यक्ति घरमा ओहोरदोहोर गर्ने हुनाले पनि परिवार, छिमेकमा संक्रमण फैलिने खतरा छ। 

                धनगढीस्थित मालिका अक्सिजन ग्याँस उद्योगमा संक्रमित बिरामी कुरुवाहरुको भिड

स्वाब संकलन केन्द्रमा पनि स्वाब दिनेहरुको हरेक दिन घुइँचो लागेको देखिन्छ। त्यसमा को संक्रमित, को होइन थाहा नै हुँदैन ।  संक्रमण नभएको व्यक्तिमा पनि अन्य व्यक्तिबाट सर्न सक्छ। परीक्षण रिपोर्ट ढिला आउँदा स्वाब दिने व्यक्ति एउटै ठाउँमा बसेको भने हुँदैन। यदि संक्रमण छ भने परीक्षण रिपोर्ट आउँदासम्म ती व्यक्तिले धेरै व्यक्तिमा संक्रमण सार्न सक्छ। यो कुराको ध्यान तथा अनुगमन कसले गर्ने ? 

                          सेती प्रयोगशालाको स्वाब सकंलन केन्द्रमा स्वाब दिनेहरुको  भिड 

प्रमुख समस्या त त्रिनगर सीमानाकामा पनि देखिन्छ।  सयौंको संख्यामा त्रिनगरनाका हुँदै भारतबाट नेपाली नागरिकहरु भित्रिरहेका छन्। जुन बेला पनि त्रिनगर जाँदा भारतबाट आउने नागरिकको  भीडभाड देखिन्छ।

                   त्रिनगर सिमाबाट आएका नेपाली नागरिक 

नत उनीहरुको व्यवस्थापनका लागि होल्डिङ सेन्टर बनेको छ न त सवैको परीक्षण नै हुन्छ।  कञ्चनपुर र कैलालीको माहोल हेर्ने हो भने कैलालीमा भद्रगोल र भयावह स्थिति देखिन्छ। प्रशासन भने मूकदर्शक बनेको छ। 

सम्बन्धित समाचार:-

गड्डाचौकी सीमानाकामा जे देखियो...

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस