सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप सात हजार ९१४ जनामा सङ्क्रमण

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ९, ०८:०० रासस

काठमाडौँ: नेपालमा थप सात हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ । 

थप १८ हजार ९६५ जनाको पिसिआर परीक्षण तथा ९३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। 

पिसिआर विधिबाट सात हजार ५९८ तथा एन्टिजेनबाट ३१६ जनामा सङ्क्रमण पुष्टि भएको हा।

हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २९ लाख १६ हजार ४६८ जना पुगेको छ । 

हाल ८७३सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।  

हालसम्म तीन लाख ९१ हजार ३४८ जना कोरोनामुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर सात हजार ६६४  सङ्क्रमित निको भएर घर फर्किएका छन्। 

निको हुने दर ७६ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

सङ्क्रमणबाट थप १९३ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जनाएको छ।

शनिबार कोरोनाबाट १२९ सङ्क्रमितको मृत्यु भएको थियो।   

कमेन्ट लोड गर्नुस