सुदूर नेपाललाई विश्वसँग जोड्दै

मास्क नलगाउनेलाई जरिवाना नलिनु, सडकमा नउभ्याउनुः सर्वोच्च अदालत

२०७८ जेठ ४, ०९:१२ खबर संवाददाता

काठमाण्डौः सर्वोच्च अदालतले मास्क नलगाउनेहरूबाट जरिवाना नलिन र उनीहरूलाई सडकमा नउभ्याउन आदेश दिएको छ। 

सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नुरनगराउनु भनि अन्तरिम आदेश जारी गरेको हो। 

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर होल्डिङमा राख्ने गरेको थियो। त्यो काम संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार नभएको भनी आदेश गरेको हो। 

मास्क नलगाउनेलाई जरिवाना लिने र होल्डिङ सेन्टरमा राखेको देखिएको भन्दै सर्वोच्चले त्यस्तो काम संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्थाको प्रतिकूल भएको औंल्याएको हो।

सर्वोच्चले प्रहरीबाट ऐनको अनधिकृत रुपमा प्रयोग गरेको देखिएको भन्दै यस्ता क्रियाकलाप नगर्न आदेश दिएको हो।

 

कमेन्ट लोड गर्नुस