सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूरा हुन नसकेको प्रेम

२०७८ वैशाख २७, १२:५३

-राजेन्द्र साउद

भनिन्छ, सबै कुरा मिलेर मागेको र चाहेको पूरा हुँदैन। त्यो यथार्थ सावित भएको छ। कुनै दिन प्रेमरूपी अँगालोमा कसिने हामी अहिले तिमी अलग्गै संसारमा र म अलग्गै संसारमा रमाउनु परेको छ। हुन त अलग संसारमा रमाउने चाहाना पनि होइन।

तिमीले म सँग सम्बन्ध नजोड्ने निर्णय गरेपछि मेरो जीवनमा एकएक प्रलय आयो। किनभने मरिहालियो भने संसार नै समाप्त हुन्छ, बाँचियो भने तिम्रो सम्झनाको बगैँचामा ढकमक्क प्रेमका फूलहरूसँग रम्न अनि रमाउँन पाईन्छ। तर त्यो कुरा सपनामा मात्र सिमित हुन पुग्यो।

हाम्रो त्यति चोखो अनि पवित्र मायालाई तिमिले चटक्कै भुलेर मसँग सम्बन्ध नै नजोड्ने निर्णय गरी अर्को संसारमा रमायौं। जसरी बिगतमा तिमिलाई माया गर्थे। मिठा अनि जिन्दगीभर साथ दिने अविस्मरणीय कुरा हुन्थे। मैले त दुई दिनको चोलालाई सार्थक बनाउँने मिठो कल्पनाहरुलाई सजाएर बसिरहेको थिए। तर दुःखको कुरा तिमीले मेरो कल्पना, मेरो सपना, मेरो विश्वासलाई तुषारापात गरी मलाई अर्को निर्णय गर्न बाध्य बनायाैं। 

म भन्ने गर्थे तिमी त धनी बाउकी एक्ली छोरी म गरिबको छोरोलाई पछिसम्म माया गर्छ्यौ कि, मलाई छोडीहाल्छ्यौ कि, तिम्रो त धनी परिवार म त एक गरिब परिवारको मान्छे भन्दाखेरी प्रेमरूपी बलिदानका कुरा गरेर मलाई जित्यौं। 

तिमी भन्थ्यौ म त केवल तिम्रो लागि। हामी भनेको नङ र मासु जस्तै हो। समय संघर्षशील छ। मानिसले संघर्ष गर्ने क्रममा यात्रीलाई समय र परिस्थितिअनुसार कहाँबाट कहाँ पुर्याउँदो रहेछ। त्यसैले भाग्यमा लेखेको पाइन्छ, देखेको पाइँदैन । आज यहि अभिव्यक्ति मेरो जीवनमा सार्थक भएको छ। के गर्नु वास्तविक माया गरेको मान्छे जीवनमा पाउनेछु अनि मेरो जीवन हराभरा हुनेछ भन्ने सोचेको थिएँ तर त्यो कल्पना मात्र भयो। 

तिमीले एक्लै पार्ने निर्णय गरिसकेपछि मैले अर्को बाटो रोजे तर पनि यी उदास दिनहरूमा आँसुको बाढी बगाउँदै तिम्रै सम्झनाका अनन्त शृङ्खलाहरूमा रमाई रहेको छु। लगिरहेको छ कि त म नै अभागी रहेछु कि त तिमी नै। 

जताततै असफल नै असफलता हात लाग्छ। जसलाई आफ्नो ठान्यो उ नै पराई भइदिन्छ। हुन त कतिखेर लाग्छ विश्वास कसैको नगर्नु सबैभन्दा राम्रो उपाय रहेछ। विश्वासीहरूमाथि घात भएपछि, बाँचा कसम हरूमा हिउँ परेपछि। सपनाको संसारमा कालो बादल लागेर ढुम्म भइदिएपछि बाँचेको खासै सार्थक्ता देखिँन मैले।

भौतिक सुख नभएता पनि आध्यात्मिक माया र आवस्यकताको परिपूर्ति गर्न सक्थेन होला। आँखिर त्यहीँ निर्दयी पापी धनको घमण्डले आज तिम्रो मायामा घातक साबित भए। ठिकै छ स्मृतिको यस कोमल दिलमा ती घटनाहरू छाप बनेर रहेका छन्। त्यसैले आज समय र परिस्थितिअनुसार अर्कै मोडमा पुर्याउन बाध्य भएको छ। 

एकमनले त लाग्छ मलाई धोका दिएर जाने निष्ठुरीको सम्झना अब कहिले पनि गर्दिन् तर याद मनभरी तनभरी आउँदो रहेछ। म पनि अर्को तिमी पनि अर्कैको अँगालोमा सजिन पुगेता पनि तिमीसँग मेरो केही गुनासो छैन। तिमी जहा रहेपनि, जसको साथमा रहेपनि, जसको अँगालोमा बाँधिएको भएपनि सँधै खुसी रहनु। 

तिमी बाँधिएको त्यो न्यायो अँगालो कहिलेपनि बिझाउँने विषालू काँडामा परिणत नहोस्। यो जुनीमा तिमी अर्कै र म अर्कै संसारमा रमाएपनि अर्को जुनिमा सँगै हुनेछौं। बस् तिम्रो नाममा मेरो यहि शुभकामना।

कमेन्ट लोड गर्नुस