सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ

२०७८ वैशाख २६, ०३:१२ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका १ का ३३ वर्षीय प्रेम दत्त भट्ट र वेदकोट नगरपालिका २ का ३२ वर्षीय केशव खत्री रहेको प्रहरीले बताएको छ।

उनीहरुको साथमा १४.६९ ग्राम खैरोहिरोइन (ब्राउन सुगर) पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए। 

    
 

कमेन्ट लोड गर्नुस