सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता, निषेधाज्ञा थप कडा बनाउने : प्रधानमन्त्री ओली

२०७८ वैशाख २०, ०४:५४ खबर संवाददाता

काठमाडौं: सरकारले कोभिड-१९  नियन्त्रणमा खटिने फ्रन्टलाइनर कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्। 

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने 'प्रधानमन्त्री ओलीले कोभिडको पहिचान, उपचारको निदान र बिरामीको ओसारपसार , शव व्यवस्थपानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिनेछ।'  

यस्तै उनले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको  र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए। निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि बताए।

उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए।

कमेन्ट लोड गर्नुस