सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञाको मौका छोप्दै नापी कार्यालय कैलालीमा धुमधामसँग बिहे !

फोटो : योगेन्द्र नायक
फोटो : योगेन्द्र नायक
२०७८ वैशाख १७, ०६:०४ खबर संवाददाता

धनगढी: कोरोना महामारीको दोस्रो लहर फैलिएपछि कैलाली प्रशासनले यहि बैशाख १६ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरेको छ। 

उक्त अवधिमा कसैले बिहेको कार्यक्रम गर्न चाहे प्रशासनको अनुमति लिएर बढीमा १५ जनासम्म भेला हुन पाउने कैलालीका सिडिओ खगेन्द्र रिजालले जारी गरेको निषेधाज्ञामा उल्लेख छ। 

त्यही निषेधाज्ञाको मौका छोपेर नापी कार्यालय कैलालीमा शुक्रबार एक विवाह समारोह सम्पन्न भएको छ। उक्त कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनीको विवाह समारोह आयोजना गरिएको कार्यालयका एक कर्मचारीले बताए। 

तर प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने उक्त विवाह गर्नका लागि प्रशासनमा कुनैपनि लिखित पत्र नआएको र आफुले निर्देशन पनि नदिएको बताए।

उनले कार्यालय प्रमुखको आफ्नै घर नभएकाले बहिनीको बिहे सरकारी कार्यालयमा गरिएको भन्ने बुझिएको बताए। 

सम्बन्धित समाचर 
कैलालीमा निषेधाज्ञा: के–के बन्द हुन्छन्, के सञ्चालन गर्न पाइन्छ ?

कमेन्ट लोड गर्नुस