सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वरानी कोमलको स्वास्थ्य अवस्था गम्भीर

२०७८ वैशाख १६, ११:०९ खबर संवाददाता

काठमाडौं: कोरोना भाइरसको संक्रमण भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्य गम्भीर बनेको छ।

शाहको श्वासप्रश्वासमा समस्या देखिएको छ भने उनको आइसियूमा राखेर उपचार भइरहेको छ। उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार शाहलाई दैनिक १० लिटरसम्म अक्सिन दिनु परिरहेको छ।

उनीसँगै संक्रमित भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस