सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

File Photo
File Photo
२०७८ वैशाख १६, ०६:०१ खबर संवाददाता

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु  भएको छ। 

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर १ तेतरिया बस्ने भगाई सदाका १६ वर्षीय छोरा राम सदको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार  मृतकको शव पोष्टमार्टमका लागि सिरहाको लहानस्थित अस्पताल लहान सिराहामा राखिएको छ भने घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस