सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०७८ वैशाख १४, ०६:०५ खबर संवाददाता

धनगढी : कैलालीमा मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ९२ वर्षीया असमाया तामाङ घाइते भएको सुदूरपश्चिम प्रदेशह ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

सहजपुरबाट सुर्खेत तर्फ गइरहेको कर्णाली प्रदेश ०२००१ प ८८७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते तामाङको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस