सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु

२०७८ वैशाख १३, ०९:११ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

जिल्लाको भिमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको आइतबार राति महाकाली अस्पतालमा मृत्यु भएको अस्पताल व्यवस्थापक दिपेन्द्र  सिंह रावलले बताए। 

बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आइतबार राति १ बजेको समयमा मृत्यु भएको रावलले बताए। 

अहिले माहाकाली अस्पतालमा ४८ जना कोरोना संक्रमित उपचाररत छन्। 

कमेन्ट लोड गर्नुस