सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार आइसोलेसन बनाउन असफल, ‘अक्सिजन चाहिने बिरामीे मात्रै अस्पताल आउनू’

२०७८ वैशाख १३, ०७:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि थप आइसोलेसन सेन्टर बनाउन असफल भएको छ।

यहाँका अस्पतालहरु कोरोना संक्रमित बिरामीले भरिएपछि स्थानको चरम अभाव सिर्जना भएको छ।

केही महिनाअघि संक्रमण घटेको अवस्थामा सुस्ताएको सरकार आफ्नै आइसोलेसन बनाउनमा ढिलाइ गरेपछि हाल आइसोलेसन लागि स्थान खोजी गर्दैछ। तर हालसम्म व्यवस्थापन गर्न नसकेको हो। 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले निर्माधिन गेटा मेडिकल कलेजको भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्न पहल थालेको थियो। तर गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले भवन उपलब्ध गराउन अझैसम्म सहमति नदिएपछि निरीह देखिएको हो।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले भने, “पहिलो कुरा हामीले आयुर्वेद अस्पतालको आफ्नै भवन हेर्यो, तर यसमा अझै प्रयोग गर्न नसकिने देखियो। त्यसपछि गेटा मेडिकल कलेजको एउटा भवन तयारी अवस्थामा छ भन्ने जानकारी आएपछि हेरेर आयौंं। उहाँहरुको भनाइमा तयार भएको छैन, तर हाम्रो भनाइमा अलिअलि प्रयोग गर्न सकिन्छ भन्ने सोच हो। मेडिकल कलेज शिक्षा मन्त्रालय मातहतको रहेकोले स्वास्थ्य मन्त्रालयसँग कुराकानी भइरहेको छ। अझै दिने नदिने केही जवाफ आएको छैन।”

त्यस्तै, अबको वैकल्पिक व्यवस्था के हुन्छ ? भन्ने दिनेशखबरको जिज्ञासामा प्रवक्ता कार्कीले थपे, “जसले अस्पताल नआइ नहुने छ, भने मात्रै आउने। जसलाई अक्सिजनको आवश्यकता छैन, ज्वरो मात्रै आएएको छ, भने घरमै बसेर औषधी सेवन गर्ने।”
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले भवनहरु अझै निर्माधिन अवस्थामा रहेको र निर्माण कम्पनीहरुले हस्तान्तरण समेत नगरेकोले प्रयोगमा समस्या भएको बताएको छ।

सम्बन्धित समाचार
सुदूरपश्चिमका सेतीसहित कोरोना अस्पताल संक्रमितले भरिए, व्यवस्थापनमा चुनौती, स्थानको खोजी हुँदै

सुदूूरपश्चिममा गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी

कमेन्ट लोड गर्नुस