सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच युवतीको उद्धार

। फोटो स्रोत ।
२०७५ असोज २४, ०१:०९

एक हप्तामै पाँच युवतीको उद्धार गरिएका छ। जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार ग¥यो। उनीसँगै सोही दिन नै ११ कक्षामा अध्ययनरत सुर्खेतकी १६ वर्षीया र १० कक्षामा अध्ययनरत रुकुमकी १५ वर्षीया युवतीलाई समेत पशुपतिनगरको होटलबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको छ। मानव ओसारपसारमा संलग्न कालीकोट सन्नीत्रिवेणी गाउँपालिका–९ घर भएका ३० वर्षीय लोकेन्द्र तिरुवा, २४ वर्षीय लङ्क तिरुवा र २९ वर्षीय जनक तिरुवा रहेको प्रहरीले जनाएको छ।  

 
 

कमेन्ट लोड गर्नुस